नक्कली नोटको कारोवार गर्ने ६ जना सार्वजनिक, मुख्य कारोवारी काठमाडौंबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नक्कली नोटको कारोवार गर्ने ६ जना सार्वजनिक, मुख्य कारोवारी काठमाडौंबाट पक्राउ

धनकुटा । धनकुटामा नक्कली नोटको कारोबार गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेमा धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ कै छितेन तामाङ, धनकुटा नगरपालिका १ हिलेका वर्ष २४ का सोनम तामाङ, धनकुटाको महालक्ष्मी ८ का वर्ष २६ का सुमन खड्का, महालक्ष्मी ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकास तामाङ रहेका छन् ।

गत ११ गते धनकुटाको मुलघाट २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङ पक्राउ गरेपछि अनुसन्धान अघि बढाएको थियो । धनकुटा नगरपालिका ९ मुलघाटमा चेकजाँचका क्रममा प्रहरीले ति नोटसहित दुई जनालाई फेला पारेको थियो। सो पछि प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट ५ हजार, विशालले नै मुलघाटमा फालेको २ हजार र सोनाम तामाङको घरबाट ६५ हजार नक्कली नोट बरामद गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए । सबै नोटमा एउटै नम्बरका रहेका छन् ।

२ जनालाई मुलघाटबाट पक्राउ गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सोनाम र सुमनलाई धनकुटाको हिलेबाट, तुलसीलाई धनकुटाको सिधुवाबाट र विकासलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुले लागुऔषधको लागि नक्कली नोट प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरुलाई नक्कली नोटको प्रयोग गराउन लगाउने एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले ती युवालाई भने सार्वजनिक गरेको छैन ।

सार्वजनिक भएका ६ जनालाई काठमाडौंबाट पक्राउ परेका युवाले २ लाख नक्कली नोट दिएको अनुसन्धानबाट खुलेको डिएसपी रायले बताए । त्यो २ लाखमध्ये १ लाख मुलघाट २ जना पक्राउ परेपछि ४ जनाले जोगिनको लागि नष्ट गरेको खुलेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);