लुटपाट तथा डकैतीमा संलग्न ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुटपाट तथा डकैतीमा संलग्न ६ जना पक्राउ

dakaiti pakrau

काठमाडौं, १२ माघ ।  विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन् । त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए ।
pakrau
सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुङा भनि ५० लाख लुटेका थिए ।

उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);