२२ लाखसहित जुवा खालबाट वडा अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

२२ लाखसहित जुवा खालबाट वडा अध्यक्ष पक्राउ

wada adhakshya pakrau

कैलाली, १३ माघ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाही सहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट पक्राउ गरेको छ । २२ लाखसहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । जुवाको खालबाट २२ लाख ८२ हजार नगद पनि बरामद गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);