जुवा खेल्ने १२ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

धनकुटा, १९ असोज । धनकुटास्थित एक घरमा जुवाको खालबाट प्रहरीले १२ जना पक्राउ गरेको छ ।

धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवा खेलीरहेको अवस्थामा रु तीन लाख ५० हजारसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुराकिका आधारमा बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेको दिलबहादुरको घरमा छापा मार्दा जुवा खेलीरहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जुवा खेल्नको लागि सुरक्षित स्थान रहेको भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा सो घरमा छापा हानेको हो ।

ताजा समाचार