भक्तपुरबाट १२ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

भक्तपुरबाट १२ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ

juwade pakrau

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाउँ बाट १२ लाख ४३ हजार नगद सहित १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मणिराम पुरीको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाका आधारमा भक्तपुर प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको विशेष टोलिले उनिहरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी रहेको प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनाकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवा नेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो। प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटकपटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);