जन्ती बोकेको स्कारपियो र यात्रु बस ठोक्किँयो: बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जन्ती बोकेको स्कारपियो र यात्रु बस ठोक्किँयो: बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

death

काठमाडौं, २७ मंसिर । दाङमा यात्रुवाहक बस र जन्ती चढेको स्कारपियो जीप आपसमा ठोक्किँदा बेहुलाका आमा–बुवासहित ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन् ।

लमही नगरपालिका वडा नंं. ९ रिहारमा बिहान २ बजे दुर्घटना भएको हो ।

बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किँएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान शिव भण्डारीका अनुसार मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेका छन् ।

दुर्घटनामा घाइते ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । शव लमही अस्पतालमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);