प्युठानमा जन्ती जीप दुर्घटना ८ काे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्युठानमा जन्ती जीप दुर्घटना ८ काे मृत्यु

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८  पुगेकाे छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काकाे ज्यान गएकाे हाे । अन्यको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);