उदयपुरमा जीप दुर्घटना एकको मृत्यु, पाँच घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुरमा जीप दुर्घटना एकको मृत्यु, पाँच घाइते

उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);