भरतपुर महानगरमा तीन पांग्रे सवारी साधन निषेध गर्ने निर्णय सदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भरतपुर महानगरमा तीन पांग्रे सवारी साधन निषेध गर्ने निर्णय सदर

tin pangre nisedh

चितवन, २७ मंसिर । चितवनको भरतपुर महानगरपालिका क्षेत्र भित्रको मुख्य राजमार्गमा तीन पांग्रे सवारी साधन निषेध हुने भएको छ । उच्च अदालत पाटन हेटौंडाले भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्नका लागि महानगरको मुख्यराजमार्गमा चल्न रोक लगाउने निर्णयलाई सदर गरेको हो ।

स्थानिय सरकार संचालनको ऐन २०७४ बमोजिम स्थानिय तहलाई रुट निर्धारण गर्ने अधिकार छ । यसै ऐन बमोजिम उच्च अदालत पाटन हेटौंडाका न्यायधिसद्वय कृष्ण गिरी र एकराज नेपालले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्न लागेको विरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको रिटलाई खारेज गर्दै महानगरको निर्णयलाई सदर गरेको हो ।

रिट खारेज भएसँगै महानगरलाई तीनपांग्रे सवारी साधन व्यवस्थापनको बाटो खुलेको छ । चितवनको भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नागरायणगढ–मुग्लिन सडकमा तीन पांग्रे गाडी चलाउन प्रतिबन्ध लगाएपछि व्यावसायीहरु आन्दोलित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);