अध्यादेश उल्लंघन गर्नेलाई एक वर्ष कैद र पाँचलाख रुपैयाँ जरिवाना हन सक्ने : काठमाडौँ प्रशासन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अध्यादेश उल्लंघन गर्नेलाई एक वर्ष कैद र पाँचलाख रुपैयाँ जरिवाना हन सक्ने : काठमाडौँ प्रशासन

काठमाडौं। सरकारले निषेधाज्ञा पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई थप कारबाहीका लागि निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय दुवै हुन सक्ने बताएको हो । अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत पत्रमा उल्लेख गरेको छ ।

अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म जरिवाना हुन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सुचनामार्फत जानकी दिएका हुन् ।

अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ । गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);