निषेधाज्ञा उल्लघंन गरेमा यस्ता छन् सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञा उल्लघंन गरेमा यस्ता छन् सजाय

काठमाडौं । काठमाडौं उपत्यकासहित आजबाट देशका १६ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागेको छ । बढ्दो संक्रमण नियन्त्रणका लागि संक्रमित संख्या उच्च भएका १६ जिल्लाहरुमा आजबाट निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा अवधिमा के–के गर्न पाइने र के–के नपाइने भनेर सरकारले मापदण्ड तयार पनि पारेको छ । यदि सरकारले तोकेका मापदण्ड पुरा गरेन भने के सजाय हुन्छ त ?

सरकारले जारी निषेधाज्ञा संक्रमित रोग नियन्त्रण गर्न बनाएको हो । निषेधाज्ञा उल्लंघन गरे संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही हुने प्रावधान छ । जसअनुसार संक्रमित रोग देशमा फैलिएको बेला सरकारले जारी गरेको आदेश पालना नगरे एक महिना कैद र एक सय रुपैँया जरिवाना वा दुवै सजाय गर्न सकिने प्रावधान छ ।

यसैगरी संक्रामक रोग ऐनमा काममा बाधा पु¥राउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने व्यवस्था छ ।

स्थानीय प्रशासनको आदेशमा निषेधाज्ञा जारी हुने भएकाले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम पनि कारबाही हुन सक्ने व्यवस्था छ । यसका साथै प्रशासनको नियम नमान्नेलाई सुरक्षाकर्मीले हालका लागि ठाउँ ठाउँमा होल्डिङ सेन्टरहरु बनाई राख्ने गरेको छ ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);