पूर्वरानी कोमल शाहको आईसियूमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पूर्वरानी कोमल शाहको आईसियूमा उपचार हुँदै

काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमल शाहको शरिरमा अक्सिजनको कमी भएपछि आईसियूमा राखेर उपचार सूरु गरिएको छ ।

पूर्वरानी शाहलाई श्वासप्रश्वासमा समस्य देखिएपछि आईसियूमा राखी उपचारी थालिएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख शोमनाथ बास्तोलले जानकारी दिए । बास्तोलले भने– ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो अन्य शारिरिक अवस्था स्थिर छ ।’

उहाँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । ज्ञानेन्द्र शाह पनि अक्सिजनकै सपोर्टमा छन् भने छोरी प्रेरणालाई भने हालसम्म अक्सिजन दिनु पर्ने अवस्था नआएको अस्पतालले जनाएको छ ।

पूर्वराज दम्पती केही साता अघि भारतमा सम्पन्त हरिकृम्भ मेलामा सहभागी भई नेपाल फर्किएका थिए । नेपाल फर्किएर परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएको हो ।
आइ. एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);