पूर्व रानी कोमल अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पूर्व रानी कोमल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्व रानी कोमल शाह कोरोना संक्रमणमुक्त भएकी छन् । संक्रमित भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरण शाह शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्व राजासहित तीनै जना २१ दिन अघि नर्भिकमा भर्ना भएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाह बैशाख २९ मा नै डिस्चार्ज भएका थिए । पूर्व रानीको भने स्वास्थ्य अवस्था गम्भीर भएका कारण आईसीयूमा राखी प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

पूर्व राजदम्पती भारतमा केही साताअघि सम्पन्न कुम्भ मेलामा सहभागी भई नेपाल आएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);