स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टचार ठहर भए कारवाही हुन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टचार ठहर भए कारवाही हुन्छ : प्रधानमन्त्री ओली

pm kp sharma oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा उपचारमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा कसैले भ्रष्टाचार गरेको पुष्टि भए सरकारले कारवाहि गर्ने बताएका छन् ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहणपछि गोदावरी सम्मेलन केन्द्र भर्चुअल उद्घाटनको पहिलो सार्वजनिक समारोहमा सम्बोधन गर्दै ओलीले कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारको प्रयासहरुलाई ओझेलमा पार्न खोजेको गुनासो गुनासो पनि गरे ।

सरकारले केही गरेन भनेर विपक्षीको आरोपलाई सभाहल उद्घाटनले खण्डन गरेको उनको भनाइ छ ।‘अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले देशमा अहिले पनि प्रतिगमन भएको देख्छ ‘,

प्रचण्डप्रति कटाक्ष गर्दै प्रम ओलीले भने ‘कोही–कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन् ।’ प्रधानमन्त्री ओलीले सबै उल्टै सरकारलाई सेक्न खोज्ने प्रवृत्ति खोज्ने नभई महामारी नियन्त्रणमा जुट्न राजनीतिक पार्टीहरूलाई आव्हान गरे ।

करिब ३ हजार क्षमताको सम्मेलन केन्द्र ८१ करोड ६ लाख लागतमा उदाउँदो सूर्यको आकृतिमा बनाइएको भवनभित्र २ वटा भीभीआईपी कक्ष छन् । सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय विमानस्थलबाट १५.८ किलोमिटर र चक्रपथबाट ९.५ किलोमिटर दूरीमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);