सरकारले गरेको कामको उपलब्धिबारे केहि सञ्चारमाध्यहरु डटेर लागि परेकोमा प्रधानमन्त्रीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारले गरेको कामको उपलब्धिबारे केहि सञ्चारमाध्यहरु डटेर लागि परेकोमा प्रधानमन्त्रीको गुनासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धिबारे कलम नचलाएको भन्दै गुनासो व्यक्त गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा मात्र गरेर सरकारको बदनाम गर्न खोजेको भन्दै गुनासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुको बारेमा मिसन पत्रकारिता गर्नेहरुले मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने गरेको बताए ।

ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास समेत दिलाएका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन पनि दिए ।

सरकारले बाह्य शक्तिसंग कोरोना खोपको अधिकरुपमा माग गरेकाले कोरोना खोपबाट कोहि पनि नेपाली बञ्चित नहुने बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);