पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार हुँदै

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भई कोरोनाको उपचार गराईरहेकी पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

पूर्व रानी शाहलाई बिहीबार साँझबाट प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ ।

शरीरमा अक्सिजनको मात्रा कमी देखिएको र श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । बिहीबारबाट हालसम्म पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

सोही अस्पतालमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था सामान्य र स्थिर रहेको पनि अस्पतलाले जनाएको छ । पू्र्व राजालाई अक्सिजन दिइएको छ भने पूर्व अधिराजकुमारीलाई भने अक्सिजन दिन नपरेको पनि अस्पतालले जनाएको छ ।

उनीहरु तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराज दम्पती केही साता अघि भारतमा सम्पन्न हरिकुम्भ मेलामा सहभागी भई नेपाल फर्किएका थिए । नेपाल फर्किएर परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);