कोरोना संक्रमितहरूलाई प्लाज्मा थेरापीबाट उपचार गरिदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना संक्रमितहरूलाई प्लाज्मा थेरापीबाट उपचार गरिदैँ

पर्सा,२० भदाै । पछिल्लो समय कोरोनाबाट निको हुनेको प्लाज्माबाट उपचार गर्न थालिएको छ । यसैक्रममा धेरै कोरोना संक्रमित भएको पर्सामा पनि कोरोना थेरापीबाट उपचार दिन थालिएको हो । वीरगञ्जको नारायणी अस्पतालबाट पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो ।

कोरोना निको हुनेलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमा प्लाज्मा दान कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्लाज्मा थेरेपीबाट पहिलो पटक नारायणी अस्पतालमा उपचार गरिएको छ । भदौं १४ मा सर्लाहीका एक पुरुषको प्लाज्मा थेरापीबाट पहिलो उपचार गरिएको हो ।

निजको उपचारपछि स्वास्थ्य सुधारोउन्मुख छ । नारायणी अस्पतालका एक जना कर्मचारीले प्लाज्मा दिएका थिए । यसरी अन्य कोरोना निको भएकाले पनि प्लाज्मा थेरापीबाट उपचारका लागि सामूहिक प्लाज्मा दान गरेका छन्। ८ जनाले प्लाज्मा दान गरेका थिए । दान गरेको प्लाज्माबाट कोरोनाभाइरसबाट संक्रमित गम्भीर किसिमका रोगीहरुको उपचार हुन्छ।

केही दिन पहिला वीरगञ्जमा प्लाज्मा बैंक स्थापना गरिएसँगै वीरगन्जमा पनि यो प्रविधिबाट उपचार सुरु भएको हो । कोरोना संक्रमणबाट निको भएकाले प्लाज्मा दान गरेका छन् ।प्लाज्मा थेरेपीबाट उपचार गर्नका लागि दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको छ । संकलन गरिएको प्लाज्मा रक्तसञ्चार केन्द्र वीरगञ्जमा स्थापित प्लाज्मा बैंकमा राखिने छ । एक व्यक्तिले दिएको प्लाज्माबाट ३ व्यक्तिसम्मको उपचार गर्न मिल्ने चिकित्सको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);