कांग्रेस नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार

Nabindra-Raj-Joshi

काठमाडौं, १५ फागुन । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । मस्तिष्कघात भएका जोशीको स्वास्थ्य अवस्थामा शुक्रबारको तुलनामा शनिबार सामान्य सुधार भएको हो ।

यद्यपी उनी खतरामुक्त भने नभएको अस्पतालले जनाएको छ । उनको उपचार नर्भिक अस्पतालमा भईरहेको छ । शनिबार जोशीको शरीरको दायाँ भाग चल्न थाले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको जोशी परिवार निकट स्रोतले बताएको छ । जोशी हाल कोमामा छन् ।

जोशीलाई बिहीबार राति बायाँ भागको शरीर दुख्न थालेपछि वीर अस्पताल लगिएको थियो । बिहीबार राति नै उनलाई मस्तिष्कघात भएको थियो । शुक्रबार बिहान उनलाई वीर अस्पतालबाट नर्भिक अस्पतालमा लगिएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);