भेरी अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भेरी अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत तीनजना संक्रमितको मृत्यु भएको छ । बाँके, बर्दिया र कैलालीका संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–७की ५७ वर्षीया आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएपछि ती महिला वैशाख १४ गते अस्पताल भर्ना भएकी थिइन् ।

कैलालीको गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुषको बिहीबार राति ज्यान गएको हो । स्वास्थ्यमा समस्या देखिएपछि वैशाख१३ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा ज्यान गएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ की ४७ वर्षीया महिलाको बिहीबार साँझ उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । ती महिलामा चैत २६ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै गएको छ । कोभिडका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय १३ जनाले पनि ज्यान गुमाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);