हेटौंडा अस्पतालमा थप २० हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेटौंडा अस्पतालमा थप २० हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

सरोज पौडेल
हेटौंडा ।
हेटौंडा अस्पतालले कोरोना संक्रमितको उपचारलागि २० हाइ डिपेन्डेन्सी (एचडीयू) बेड तयार पारेको छ ।

यसअघि हेटौंडा अस्पतालले १० एचडीयू बेडको संचालन गरेर कोरोना संक्रमितलाई उपचार दिन सुरु गरेको थियो । शुक्रबारदेखि २० हाइ डिपेन्डेन्सी (एचडीयू) बेड संचालनमा ल्याउने तयारी गरेको अस्पतालका कोभिड उपचार कक्षका चिकित्सक सागर काफ्लेले बताए ।

बिहीबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी सहित स्वास्थ्यकर्मी, हेटौंडा उपमहानगरका प्रतिनिधि लगायतले कोरोना उपचार कक्षको निरीक्षण गरेका थिए । पाँच दिनमै २० एचडीयू बेडको संरचना तयार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । ‘अब गम्भीर संक्रमितको उपचार गर्न भरतपुर वा काठमाडौं जानु पर्दैन’ उनले भने ।

यस्तै १० बेडमा आइसीयू सेवा उपलब्ध हुनेछ । अस्पतालमा अहिले ६ वटा भेन्टिलेटर भए पनि ४ वटा प्रयोगमा आएका छन् । भेन्टिलेटर भने अहिलेसम्म संक्रमितलाई प्रयोग गर्न नपरेको कोरोना उपचारमा खटिएका चिकित्सक सागर काफ्ले बताए ।

अस्पतालमा हाल कुल १७ वटा आइसीयू बेड छन् । यसैगरी भेन्टिलेटरसहितको कोरोना आइसीयू छुट्टै संचालन गर्ने तयारी भएको चिकित्सक काफ्लेले जानकारी दिए । अस्पतालको कोरोना उपचार कक्षमा अहिले ९ जना गम्भीर प्रकृतिका संक्रमितहरू उपचारत छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);