सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु

dengue-fever-1564558571

धनगढी। सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिका रहेकिछन् ।
उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकिछन् । भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए । घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए ।  दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ।

दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ।

डुङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);