काठमाडौँ मेडिकल कलेजमा औषधिले असर गर्दा बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ मेडिकल कलेजमा औषधिले असर गर्दा बालिकाको मृत्यु

२४ साउन, काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।

 

सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेतको औषधिको असरले मृत्यु भएको हो । खुट्टा मर्किएर उनी सोमबार अस्पताल पुगेकी थिइन् । डाक्टरले उनको खुट्टामा ‘ब्याण्डेज’ गरी ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।

 

सामान्य उपचार पछि उनी घर फर्किएकी थिइन् । डाक्टरले दिएको औषधी सेवन गरेपछि बालिकालाई नकारात्मक असर देखिन थाल्यो । तत्काल उनलाई अभिभावकले पुन: अस्पताल पुराएका थिए ।

 

चिकित्सकले बालिकालाई बचाउन प्रयास गरेपनि सफल हुन सकेनन् । बालिकाको सोमबारसाँझ मृत्यु भएको थियो । औषधीको असरले बालिकाको ज्यान गएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।

 

अन्तमा, अस्पताल प्रशासनले मृतक बालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने र चिकित्सकमाथि छानविन गर्ने सहमति पश्चात घटना साम्य भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);