आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु

death child

बाजुरा, १८ जेठ ।  आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुरामा भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको थियो । उनीहरु ८ दिन पहिले कैलालीका गौरिफन्टा नाकाबाट आएका थिए । गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।

१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको हो । भारतबाट आउँदादेखि नै बालिकालाई ज्वरो आउने, बान्ता हुने गरेको थियो । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।