आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन २५ , काठमाण्डौँ । आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् । दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झाँकीसहितको ¥याली निकालीदै छ । आदिवासी जनजाति सम्बद्ध विभिन्न ४३ संघसंस्थाले नयाँ संविधानमा जनजातिको माग सम्बोधन नगरेको र आफूहरुलाई संवैधानिक हक, तथा अधिकारबाट वञ्चित गर्न खोजिएको बताउँदै पहिचान र अधिकार दिन माग गरेका छन् । उनीहरुले परापूर्वकालदेखि मूल आदिवासीका रुपमा नेपालको विभिन्न भागमा बसोबास गर्दै आएकाको पहिचान र अधिकारलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् । उनीहरुले आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले ४३ आदिवासी जनजातिलाई आदिवासी जनजातिको सूचीमा समावेश नगरी छुटाएको भन्दै आपत्ती प्रकट गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित भएका आदिवासीहरुको अधिकार स्थापित गर्न र उत्पिडनबाट मुक्त गर्नका लागि सन् १९९३ देखि संयुक्त राष्ट्र संघले पहल थालेको थियो ।

यस पछि हरेक वर्ष ९ अगष्टको दिनलाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । राष्ट्रसंघको तथ्यांक अनुसार हाल विश्वमा ३७ करोड आदिवासी छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);