अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस नेपालमा पनि मनाइयो

अप्सरा लामिछाने

काठमाडौं, २४ साउन । बिहीबार २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । आदिवासी जनजाती अगुवाहरुले संविधानमा आफूहरुको मुद्दा समावेश नभएको गुनासो गरेका छन् । उनीहरुले संविधान संशोधन गरेर आदिवासी जनजातीको मुद्दा समावेश गर्न माग गरेका छन् ।

देशमा गणतन्त्र स्थापनाको लागि आदिवासी जनजातीको महत्वपूर्ण भूमिका रहेको छ । तर २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाइ रहँदा अगुवाहरुले आफूहरुको मुद्दामा सरकार संवेदनशील नभएको गुनासो गरेका छन् ।

आफूहरुलाई सरकारले भ-याङ मात्र बनाएको भन्दै राजनीतिक दल र सरकारको उनीहरुले आलोचना गरे । संविधान समावेशी नभएको भन्दै अगुवाहरुले संशोधन गर्न माग गरेका छन् ।

२०६८ सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातीको जनसंख्या ३७ दशमलव २ प्रतिशत रहेको छ । ठुलो मात्रामा रहेको जनसंख्यालाई सरकारले बेवास्ता गरेको आदिवासी अधिकारकर्मी बताउँछन् । भाषा, धर्म, संस्कृती सबै खोसिएको बताउँदै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);