पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

काठमाडौं, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आजदेखी प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्री विदा बस्ने भएकाले आजबाट प्रधानसेनापतिको कार्यभार थापाले सम्हाल्ने भएका हुन् । प्रधानसेनापति क्षत्रीले भाद्र २४ गतेबाट नेपाली सेनाबाट अवकाश प्राप्त गर्नेछन् ।

सैनिक परम्परा अनुसार प्रधानसेनापति क्षत्री श्रावण २५ गतेदेखि बिदामा बस्ने छन् । बलाधिकृत रथी थापालाई श्रावण १० गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम श्रावण २५ गतेबाट लागु हुने गरी कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);