किन गए प्रधानसेनापति चीन भ्रमणमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किन गए प्रधानसेनापति चीन भ्रमणमा ?

काठमाडौं, १९ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री चीन तथा म्यानमारको औपचारिक भ्रमणका लागी आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनी म्यानमारको भ्रमण पुरा गरी असार २४ गते मित्रराष्ट्र चीन जाने कार्यक्रम रहेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका छन् ।

प्रधानसेनापति क्षत्री म्यानमारमा रहँदा म्यानमारका राष्ट्रपति, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले चीनमा रहँदा चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);