प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फिर्ता

काठमाडौं, २९ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फर्किएका छन् । उनी असार १९ गते चीन र म्यानमारको औपचारिक भ्रमणको लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानसेनापति क्षत्री भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० गतेदेखि २३ गतेसम्म म्यानमारका सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका थिए भने असार २४ गतेदेखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

नेपाली सेनाले यस किसिमको उच्च तहको सैनिक भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुने जनाएको छ ।

साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने नेपाल सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);