अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री

अर्घाखाँची। अर्घाखाँची खेलकुद विकास समितिकाे अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद बिकास समिति लुम्विनिले क्षत्रीकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेकाे हाे । प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेकाे निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।

अध्यक्षकाे जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका काेषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र काेषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै,सदस्यहरुमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सन्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);