प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीको पोल्टामा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीको पोल्टामा

लमजुङ। लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको  उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ ।  फाइनल खेलमा  मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार  पुरस्कार जितेको छ । प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता  मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन्  । उनीहरूले जनही एक हजार  पुरस्कार पाएकाे आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए ।

प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो ।

जिल्लामा पहिलो पटक हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);