एपिएफलाई वर्षको नवौं उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एपिएफलाई वर्षको नवौं उपाधि

काठमाडौं, ३ चैत । आयोजक सशस्त्र प्रहरी बलको एपिएफल क्लबले शुक्रबार चिर प्रतिद्वन्द्वी शिवम न्यु डायमण्ड एकेडेमीमाथि ३–० को सोझो सेटमा विजय हासिल गर्दै पाँचौं महिला खुला राष्ट्रिय महिला भलिबल च्याम्पियसिपको उपाधि जितेको छ।

एपिएफले वर्षको नवौं उपाधि जित्ने क्रममा शुक्रबार अर्को फाइनलमा न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१९ को सेटमा हरायो। उपाधिसकित एपिएफले २ लाख ५० हजार रुपैयाँ पाउँदा उपविजेता न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ हात पा-यो।

यसअघि एपिएफले शेरबहादुर खड्का स्मृति, पोखराको लामाचौरमा तीजको अवसरमा हुने प्रतियोगिता, ढोरपाटन महिला डबल लिग, राखेप च्याम्पियनसिप, चितवनको मेयर कप, नेपालगञ्जको पिएम कप, एनभिए महिला क्लब च्याम्पियसिप, पर्वतको दिदी–बहिनी कपको उपाधि उचालेको थियो। ढोरपाटन डबल लिग बाहेक सबै प्रतियोगिताको फाइनलमा एपिएफले न्यु डायमण्डसँग खेलेको थियो।

न्यु डायमण्डले आफ्नै आयोजनामा भएको शिवम् न्यु डायमण्ड कपको फाइनलमा एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो। सशस्त्र प्रहरी बलको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको पाँच संस्करण सकिँदा चार पटक एपिएफ तथा एक पटक डायमण्डले उपाधि जितेको छ।

शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३, २५–१३ को सेटमा पराजित गर्दै नेपाल पुलिस तेस्रो भयो। तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ पुरस्कार पायो । प्रतियोगितामा एपिएफकी विनिता बुढाथोकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले स्कुटर पुरस्कार पाइन्।

यस्तै, एपिएफबाटै उत्कृष्ट स्पाईकर नेविका चौधरी घोषित हुँदा उत्कृष्ट डिफेन्डर मनिषा तामाङ, उत्कृष्ट ब्लकर सरस्वती चौधरी र उत्कृष्ट प्रशिक्षक ज्ञानेन्द्र विष्ट घोषित भए। यस्तै, डायमण्डकी प्रतिभा मालि उत्कृष्ट सर्भर बन्दा उत्कृष्ट सेटरको उपाधि डायमण्डकी कृपा अधिकारीले हात पारिन्। उत्कृष्ट सबैले नगद पाँच हजार रुपैयाँ पाए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);