एपीएफलाई हराउँदै काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिस क्लबलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एपीएफलाई हराउँदै काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं, २९ फागुन । काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा अर्के विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पहिलो काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको हो ।

एपिएफले दिएको १ सय ६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल पुलिसले २४ दशमलब १ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । पुलिसको सहज जितमा सुनिल धमलाले शानदार ब्याटिङ गर्दै नटआउट ५९ रन बनाउनुभयो ।

एपिएफका लागि अभिनाश बोहोरा र भुवन कार्कीले १÷१ विकेट लिनुभयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा २९ दशमलब ४ ओभरमा अलआउट हुँदै मात्र १ सय ५ रन मात्र बनाउन सक्यो ।

एपिएफलाई सस्तैमा रोक्न पुलिका लागि सागर ढकाल र गुल्शन झाले समान ४÷४ विकेट लिनुभयो । खराब ब्याटिङ गरेको एपिएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाउँदा अमर राउटेला र सन्दीप जोराले समान १८÷१८ रन बनाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);