ललितपुर मेयर कपको उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

काठमाडाैं, २८ चैत ।  ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग-यो । सुरुवाती ब्याटिङ गरेको सदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अविजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन बनाउनु भएको छ ।

बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान १÷१ विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाउँदा कप्तान सीता राना मगरले २७ रन बनाउनुभयो । विजेत एपीएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार हात पार्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);