प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटकाे उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटकाे उपाधि एपीएफलाई

pm cup winner apf

कञ्चनपुर, ११ असार । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि विभागिय टिम एपीएफले जितेको छ । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी कोदारले २४, कविता कुवँरले २२ बनाइन । यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरुखेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्के । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

बलिङमा एपीएफकी करुणा भण्डारी र सिता रानामगरले तीन तीन विकेट लिइन भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक एक विकेट हात पारे ।

जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेर जित हात पा-यो । उसका लागि इन्दु बर्माले २२, सिता रानामगरले १८ र ज्योती पाण्डले १७ रन बनाए । यस्तै सोनु खड्का र ममता चौधरीले तीन तीन रनको योगदान दिए ।

उपाधिसहित एपीएफ क्लवले पाँच लाख र उपविजेता सुदूरपश्चिम प्रदेशले तीन लाख नगद पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);