विश्वकप क्रिकेट: पाकिस्तानद्वारा न्युजिल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विश्वकप क्रिकेट: पाकिस्तानद्वारा न्युजिल्याण्ड पराजित

pakistan vs new zealand

काठमाडौं, १२ असार । इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।

न्युजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्युजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो ।समान ७ खेलबाट न्युजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशबिरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ । न्युजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुआती २ विकेट सस्तैमा गुमाएको थियो ।

फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४–२ को अवस्थामा थियो ।त्यसपछि बाबर र मोहम्मद अफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । न्युजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक शट खेल्ने क्रममा अफिज ३२ रनको स्कोरमा आउट भएपछि आएका ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे । बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे । सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);