एजेन्सी, १२ असार । एकदिवशीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत वेष्ट इण्डिजसँग प्रतिस्पर्धा हुँदैछ । भारतले ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा निश्चित गर्नेछ । त्यसकारण आजको खेल भारतका लागि जित्नै पर्ने देखिएको छ ।
न्युजिल्याण्डसँग अप्रत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेष्ट इण्डिजले भारतसँग खेल्न लागेको हो । ६ खेलबाट ३ अंक जोडेको वेष्ट इण्डिजको सेमिफाइनलमा पुग्ने आशा अरु टोलीको नतिजामा भर पर्नुपर्नेछ ।
भारतसंगको खेलमा हार ब्यहोरे वेष्ट इण्डिज बिश्वकपबाट बाहिरिने छ । त्यसका लागि पनि उसलाई खेल जित्नै पर्ने अवस्था रहेको छ । तर तुलनात्मक रुपमा वेष्ट इण्डिजभन्दा भारतीय टीम बलियो रहेको मानिन्छ ।




