उप–मेयर कप अन्तर नगरपालिका फुटबलको उपाधि विराटनगरलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उप–मेयर कप अन्तर नगरपालिका फुटबलको उपाधि विराटनगरलाई

UPAMEYOR CUP-1

काठमाडौं, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको बिहीवार भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर पहिलो संस्करणकै च्याम्पियन बनेको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट छिनोफानो भएको हो । जसमा विराटनगरले चार गोल गरेको थियो भने बाह्रबिसेले एक गोलमात्रै गर्‍यो ।

च्याम्पियन विराटनगरले ट्रफीसंगै नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो । अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);