नेपाल सुपर लिगमा धनगढी फुटबल क्लवकाे पहिलो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल सुपर लिगमा धनगढी फुटबल क्लवकाे पहिलो हार

काठमाडाैं । नेपाल सुपर लिगमा किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी फुटबल क्लवले पहिलो खेलमा नै हार ब्यहोरेको छ । आइतबार दिउँसो भएको खेलमा धनगढी विराटनगर सिटी एफसीसँग तीन शुन्यको फराकिलो अन्तरले पराजित भयो ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा विराटनगरले एक शुन्यको अग्रता बनाएको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको विराटनगरले खेलको ५७ औं मिनेटमा दोस्रो गोल ग¥यो । यस्तै ६९ औं मिनेटमा थप एक गोल गर्दै विराटनगरले खेलमा तीन शुन्यको अग्रता बनायो ।

टोलीका लागि सन्तोष तामाङले गोल गर्न सफल हुनुभयो । खेलको ९० औं मिनेटमा कर्नरबाट आएको बललाई बुद्ध लामाले गोल गर्नबाट चुके । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र विराटनगरले तीन शुन्यको जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);