युरोपा लिग: आर्सनलको खराव नतिजा, चेल्सी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

युरोपा लिग: आर्सनलको खराव नतिजा, चेल्सी विजयी

chelsea vs dy

काठमाडौँ, २४ फागुन । युइएफए युरोपा लिगको पहिलो लिगमा चेल्सीले डाइनामो कियभलाई तीन शुन्यले पराजित गरेको छ ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रो, विलियन र हुडसोन ओडेइले एक एक गोल गरे । घरेलु दर्शक माझ चेल्सीले १७ औं मिनेटमा पेद्रोको गोल मार्फत खेलमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले ६५ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि विलियनले गोल गरे । त्यसपछि ९० औं मिनेटमा ओडोइले गोल गर्दै तीन शुन्यको सहज जित दिलाए । चेल्सीले अब दोस्रो लिगको खेल डाइनामोको मैदानमा खेल्नेछ ।

यस्तै, अर्को खेलमा आर्सनल भने रेनेससँग तीन एकले पराजित हुन पुग्यो । रेनेसको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको आर्सनल विरुद्ध एक गोलको अग्रता उल्टयाएको हो । खेलको तेस्रो मिनेटमा नै आर्सनलले एलेक्स वाबीको गोलमा अग्रता बनाएको थियो । तर ४२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेल बराबरीमा पुर्याए । ४१ औं मिनेटमा सोक्रासित दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्न पुग्यो । त्यसमा पनि ६५ औं मिनेटमा मोनरियलले आत्मघाती गोल गरेपछि आर्सनल दुई एकले पछि पर्यो । एक खेलाडी कम भएको फाइदा उठाउदै रेनेसले ८८ औं मिनेटमा तेस्रो गोल थप्यो । यसपटक उसका लागि सारले गोल गरे । त्यसपछि आर्सनललाई खेलमा फर्कन मौका मिलेन र पराजित भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);