शानदार विजय हासिल गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शानदार विजय हासिल गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विीटरमार्फत बधाई दिएका हुन् ।

नेपालको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल, माल्दिभ्स र नेदरल्याण्ड्सबीचको त्रिकोणत्मक टी–२० क्रिकेट सिरिजनको शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराएको थियो ।

नेदरल्याण्ड्सलाई एक सय ४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्विीटमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस

नेदरल्यान्ड्सलाई हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);