गगन थापाले दिए क्रिकेट टिमलाई बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गगन थापाले दिए क्रिकेट टिमलाई बधाई

काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । थापाले नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीलाई सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै लेखेका छन्,‘गज्जब म्याच’

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहीबार टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१० रन बनाएको हो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा रन बनाउँदा खेल रोकियो । डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गज्जब म्याच

विश्वकप लिग २ प्रतियोगितामा शान्दार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टिम नेपाललाई हार्दिक बधाई’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);