क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि

काठमाडौं, ३ चैत्र । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्धतिअनुसार ९ रनले जितेपछि नेपाली सिनियर क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले यूएईले दिएको ३ सय ११ रनको लक्ष्य भेट्टाएको हो । ४४औं ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन हुँदा खराब प्रकाशका कारण अम्पायरले खेल रोकेका थिए । यसपछि डकवर्थ लेविस पद्धतिका आधारमा नेपाललाई ९ रनले विजयी घोषित गरियो । योसँगै नेपालले दोस्रोपटक सिरिजमा चारै खेल जित्न सफल भयो ।

यो नतिजा सार्वजनिक भएलगत्तै नेपाली क्रिकेट टोलीका साथै त्रिवि मैदान वरिपरि भएका अपार समर्थकले खुशीयाली मनाए । यद्यपि, अम्पायरको निर्णयप्रति यूएईका खेलाडीले असुन्तष्टि जनाए । तर, पछि यूएईका खेलाडी र नेपाली खेलाडीले एक अर्कासँग हात मिलाएर नतिजा स्विकार गरे ।

नेपालका लागि यो खेल जित्नै पर्ने थियो । लिग २ मा स्कटल्यान्ड ५० अंक, ओमान ४४ अंक र नामिबिया ३९ अंक शीर्ष तीनमा थिए । ३८ अंक जोडेको नेपालले यो खेल जितेर तेस्रो स्थान हासिल गर्नुपर्ने लक्ष्य थियो । नेपालले सोचेअनुसार जित हासिल गर्दा ४० अंक बनाउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । लिग २ बाट शीर्ष तीन टोली सीधै विश्वकप ग्लोबल छनोटमा जाने प्रावधान रहेको छ ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । टोलीका लागि आसिफ खानले कीर्तिमान बनाए । उनले ४१ बलमा शतक पूरा गरेका हुन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा कम बलमा शतक पूरा गर्ने एसोसिएट्स टोलीको पहिलो क्रिकेटर बने । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिए ।

जवाफमा घरेलु टोली नेपालले शानदार ब्याटिङ प्रस्तुत ग¥यो । नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशल ५० रनमा आउट भए भने भीमले ६७ रन जोडे । खेलका मुख्य आकर्षण गुलशनको आकर्षक ब्याटिङ थियो । फास्ट बलर करण केसीको स्थानमा आएका गुलशन तुरुपका एक्कासमेत सावित भए ।

४२ औं ओभरमा मोहम्मद वसिमको बलिङ नेपालको लागि फाइदाजनक भयो । गुलशनले वसिमको यस ओभरको बलिङमा ३ चौका र एक छक्का प्रहार गरेका थिए । यो ओभरमा नेपाललाई २० रन प्राप्त भएको थियो । जसले नेपाललाई डकवर्थ लेविस पद्धतिमा नतिजा सार्वजनिक गर्दा यूएईभन्दा अगाडि राख्न मद्दत पु¥यायो ।

ग्लोबल छनोटमा १० टोली

आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोट जिम्बावेमा हुँदै छ । यो छनोट प्रतियोगिता यही वर्ष १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । यसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा, नेपालसहित ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस् र आयोजक टोली जिम्बावे छनोट भएका छन् ।

नेदरल्यान्डस्, जिम्बावे सुपर लिगबाट छनोट भए भने यसै विधाबाट बाँकी ३ टोली आउन बाँकी छन् । लिग २ बाट तीन टोली कोटामा स्कटल्यान्ड, ओमान र नेपाल छनोट भएका हुन् । यस्तै, क्वालिफायर प्लेअफबाट २ टोलीको छनोट हुनेछ ।

प्लेअफ छनोट प्रतियोगिता नामिबियामा यही २४ मार्चबाट शुरू हुनेछ । जसबाट १० टोलीमा शीर्ष दुई स्थानमा आउने दुई टोलीले विश्वकप २०२३ मा खेल्न पाउनेछन् । समाचार पत्र

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);