ऐतिहासिक उपलब्धिको उत्साह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ऐतिहासिक उपलब्धिको उत्साह

काठमाडौं, ३ चैत । जयकुमार नाथ शाहले झन्डै ढेड दशकअघि नेपालले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठाउँदा उनी हाँसोका पात्र बन्थे। याने की नेपालले कुनै दिन एक दिवसीय मान्यता पाउन सक्छ भन्ने कुरा त्यस समयमा कमैले सोचेका थिए। कल्पना गरेका थिए। हुन्थ्यो भने त शाह हासोका पात्र बन्थेनन्।

नेपाली क्रिकेटका इतिहास शाहले ६ महिनाअघि देहत्याग गरे। नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष शाहको सपना २०७४ साल चैत १ गते पूरा भयो। बिहीबार नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। शाह जीवित भएको भए यतिबेला सबैभन्दा खुशी शाह नै हुन्थे होला। बिहीबार जिम्बाब्वेको हरारेमा पपुृवा न्युगिनीलाई ६ विकेट पराजित गर्दा अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराइदिएपछि नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय देशको मान्यता पायो।

नेपालले एक दिवसीय मान्यता पाउनेवित्तिकै शाहसँगै लामो समय महासचिवका रुपमा काम गरेका क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेले आफ्नो फेसबुकमा भावना पोखे, ‘एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल नेपाली क्रिकेट टोलीलाई बधाई। टोलीको सफलताले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।’

१९९६ मा नेपाललाई अन्तर्राष्ट्रिय क्रिेकट संघ(आइसिसी)ले मान्यता प्रदान ग¥यो। त्यसको आठ वर्षपछि एसोसिएट राष्ट्रको मान्यता पाएको नेपालले २२ वर्षको उतार–चढावपछि अन्तत बिहीबार एक दिवसीय राष्ट्रको मान्यता पायो।

नेदरल्यान्ड्सले हङकङलाई हराउनेवित्तिकै नेपालका कप्तान पारस खड्काले ट्विट गरे, ‘वर्षै सम्मको कठिन परिश्रम, दृढता, त्याग र प्रतिवद्धतापछि अन्तत एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइएको छ। यो अविश्सनीय यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद र बधाई। यो हाम्रो लागि धेरै ठूलो उपलब्धि हो । हामीले कठिन अवस्थाका खेल जित्दै यहाँसम्म आइपुग्यौं। कप्तानका रुपमा यस्तो अदभुत टोलीको नेतृत्व गर्न पाउँदा म धेरै खुशी छु। हामी राम्रो नतिजाको भोका छौं।’

लगत्तै जिब्बाब्वेमै विश्वकप छनोट प्रतियोगिता खेलिरहेका आयरल्यान्डका क्रिकेटर केभिन ओ’ब्रायनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरिभराउ दर्शकको फोटोसहित ट्विट गरे, ‘एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने नेपाली टोलीलाई बधाइ छ। यस्तै क्राउड(त्रिवि मैदानमा दर्शक)को अनुभवका लागि हाम्रो पहिलो भ्रमण नेपाललाई बनाउन चाहन्छौं।’

ओ’ब्रायनलाई निम्तो दिँदै नेपाली टोलीका पूर्व कप्तान तथा यु–१९ टोलीका प्रशिक्षक विनोद दासले लेखेका छन्, ‘तपाईलाई हामी यो भन्दा ठूलो क्राउड(भिड)मा स्वागत गर्न चाहन्छौं।’

सुपर सिक्सको लक्ष्य राख्दै जिम्बाब्वे भ्रमणमा निस्केको नेपालले समूह चरणका पहिलो तीन खेलमा सुखद नतिजा निकाल्न सकेन। त्यसका कारण सुपर सिक्स प्रवेशबाट बञ्चित भएको नेपालले एक दिवसीय मान्यताका लागि जित्नै पर्ने दुई खेलको नतिजा आफ्नो पक्षमा पा¥यो। ‘कस्तो महान यात्रा!,’ नेपाललाई बधाई दिदै पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले ट्विट गरेका छन्।

२०१६ को जुलाईमा नेपालले लन्डनस्थित लड्स क्रिकेट मैदान (जसलाई क्रिकेटको घर भनेर चिनिन्छ) मा मेरिलिबोन क्रिकेट क्लब(एमसिसी)विरुद्ध खेलेको थियो। जुन खेल नेपालले ४१ रनले जितेको थियो। उक्त खेल जितेपछि बेलायती दुतावासले ट्विटरमा नेपाल र एमसिसी टोलीको फोटो रोखेर बधाई दिएको थियो। बिहीबार त्यही फोटोको तल बेलायती दुतावासले लेखेको छ, ‘टोली क्रिकेट टोलीलाई धेरै बधाई। पछिल्ला वर्षहरुमा प्रभावकारी प्रदर्शन गरिरहेको छ। आगामी खेलका लागि शुभकामना।’

टोलीले पछिल्लो समय गरेको प्रदर्शनका साथै नेपाली समर्थकले गर्ने मायाका कारण क्रिकेटको सर्वोच्च निकायले आइसिसीले नेपाललाई विशेष रुपमा हेर्ने गरेको छ। बिहीबार पनि नेपालले एक दिवसीय मान्यता पाउनेवित्तिकै आफ्नो ट्विटरको कभर फोटोमा नेपाली टोलीको फोटो राखेको थियो। त्यस्तै, पाकिस्तानका बलिङ प्रशिक्षक मुस्ताक अहमदले ट्विट गरेका छन्, ‘नेपालका लागि ऐतिहासिक दिन।’

यसैबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले विज्ञप्ति जारी गर्दै एकदिवसीय मान्यता पाउने टोलीलाई बधाईका साथै धन्यवाद दिएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);