नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय खेल भोलि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय खेल भोलि

काठमाडौं, १५ साउन । नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय क्रिकेट खेल बुधबार नेदरल्यान्डमा हुँदैछ । नेदरल्यान्डको एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्डसँग २ खेलको एक दिवसीय क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल खेल्नेछ ।

नेपाली क्रिकेट टिम इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र अभ्यास खेल खेलेर नेदरल्यान्ड पुगिसकेको छ । नेपालले सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ ।

नेदरल्यान्डका क्रिकेट टोलीमा कप्तान पिटर सिलर रहेका छन् भने नेपाली क्रिकेट टोलीको नेतृत्व पारस खड्काले गरेका छन् ।

एक दिवसीय मान्यता पाएपछि पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिम पूर्ण उत्साहित बनेको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।

२०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);