राष्ट्रिय फुटबल टिमका पाँच खेलाडी कारबाहीमा पर्नसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय फुटबल टिमका पाँच खेलाडी कारबाहीमा पर्नसक्ने

anfa

काठमाडौं, १४ साउन । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेर होहल्ला गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई ७२ घन्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो । पाँच खेलाडीहरु बिमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापामगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घन्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

खेलाडीहरुले गत शुक्रबार राति राजधानीको एक डिस्को गएर मादकपदार्थ सेवन गरी होहल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टीकरण लिएको हो । एन्फाले होस्टल वार्डेन टक्कर थापालाई पनि तीन दिनको समय दिएको छ ।

एन्फाले सेक्युरिटी कम्पनीलाई भने सात दिनको समय दिएको छ । लामो समयदेखि लिग नहुँदा पुरानै खेलाडीमा भरपर्नुपर्ने अवस्था रहेको नेपाली फुटबलमा खेलाडीको पछिल्लो हर्कतले अनुशासनको कमी देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);