विमल घर्तीमगरसहित चार खेलाडीसँग एन्फाले मग्यो स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विमल घर्तीमगरसहित चार खेलाडीसँग एन्फाले मग्यो स्पष्टिकरण

खेलाडीले डिस्को गएर मादक पदार्थ सेवन गरी हो–हल्ला गरे

anfa

काठमाडौं, १४ साउन । आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका चार खेलाडीसँग अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बसेको एन्फा बैठकले घटनामा संलग्न खेलाडीलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खेलाडीले डिस्को गएर मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले विमल घर्तीमगर, अञ्जन विष्ट, विशाल राई र हेमन्त थापा मगरलाई तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार चार जना खेलाडीले आज मौखिक रुपमा स्पष्टिकण दिएका छन् । एन्फाका प्रवक्ता किरण राईले खेलाडीहरुले ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिएपछि उनीहरुलाई गर्ने कारबाहीबारे छलफल हुने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);