एन्फाले कर्मचारी र खेलाडीको आजबाट कोरोना परीक्षण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एन्फाले कर्मचारी र खेलाडीको आजबाट कोरोना परीक्षण गर्ने


काठमाडौं, २६ साउन । अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाएका खेलाडीको आजबाट कोरोना परिक्षण गर्ने भएको छ ।

फिफा विश्वकप छनोटका लागि तयारी गर्नुअगाडी एन्फाले काठमाडौ बाहिरबाट आएर बसेका खेलाडीको कोरोना परिक्षण गर्ने भएको हो ।

उनीहरुको विहान १० बजेबाट पाटन अस्पतालमा कोरोना परिक्षण हुने बताइएको छ । भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको एन्फाले काठमाडौं बाहिर रहेका खेलाडी होटेलमा अहिले क्वारेन्टिनमा छन् भने उपत्यकाका खेलाडीहरु घरमा नै बसिरहेका छन् ।

खेलाडीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ । अहिले ११ खेलाडी होटलमा बसेका छन् भने २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन् । छनोटको तयारीका लागि अहिले ३३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खल्ने योजना छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);