खेलाडीलाई फेरी फिटनेसको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खेलाडीलाई फेरी फिटनेसको चिन्ता

काठमाडौं, २ भदौ । राष्ट्रिय खेलकुद परिषद राखेपले खेलकुद प्रतियोगिता र खेल प्रशिक्षण अनिश्चितकालका लागि स्थगित गरेपछि खेलाडीहरु चिन्तित भएका छन् । कोरोना संक्रमण बढेको भन्दै राखेपले भदौ एक गतेबाट शूरु गर्ने भनेको खेलाडीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित गरेको हो ।

बन्दाबन्दी खुकुलो भएपछि खुसी भएका खेलाडी खेल गतिबिधि पुःन बन्द भएपछि चिन्तित बनेका छन । खेलकुद गतिविधि बन्द हुँदा खेलाडीलाई फिटनेसले पिरोलेको छ । खेल मैदानमा समूहगत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि पनि आपूmलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टको भनाई छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परिक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो । घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनीको भनाई छ ।

पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो । खेलकुद क्षेत्रमा अहिलेसम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);