राखेपको कर्भड हलमा ब्याडमिन्टनको अभ्यास सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राखेपको कर्भड हलमा ब्याडमिन्टनको अभ्यास सुरु

batminton

काठमाडौं, ११ साउन ।  कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको बन्दाबन्दी साउनको पहिलो साता पछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै लयमा फर्किन थालेको छ । त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बन्दाबन्दीका बेला सुनसान रहेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्का कभर्डहलहरुमा फेरि खेलाडीहरुको चहलपहल शुरु हुन थालेको छ । कभर्डहलमा अहिलो व्याडमिन्टनको प्रशिक्षण भईरहेको छ । कोरियन प्रशिक्षक चोई सिउन कुकले खेलाडीहरुलाई प्रशिक्षण दिन थाल्नु भएको हो । कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा छुट्टै उमंग देखिएको छ । राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीलाई कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठको भनाई छ ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन् ।

भौतिक पूर्वाधार र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उर्तान खेलकुद गतिविधि फर्काउन चुनौती छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ । माउन्टेन टेलिभिजन, खेलकुद व्युरो काठमाडौँ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);