च्यासल फुटबल मैदानको काम तिब्र गतिमा अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

च्यासल फुटबल मैदानको काम तिब्र गतिमा अघि बढ्दै

chyasal maidan

काठमाडौं, ९ साउन । ललितपुरको च्यासल स्थित फुटबल मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको लगानीमा निर्माण भइरहेको मैदान गत असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मंसिरसम्म लम्बिएको छ ।

उमेर समूहका खेल देखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ एन्फाले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गामा रंगशाला निर्माण गरिदै गरेको हो । ३० करोड लगानीमा निमार्ण गर्न लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ काम भइरहेको छ ।

१२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनी डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले जनाएको छ ।

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ । बागमती नदीको किनार भएकाले वर्षा याममा बाढी रोक्न पर्खाल बनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);